म बेश्यालयको बेश्या बनिदिन्छु : सुजता निरौला (कविता)

२०७७ माघ ९, शुक्रबार २२:१० गते २०७७ माघ ९, शुक्रबार २२:१० गते २०७७ माघ ९, शुक्रबार २२:१० गते

म बेश्यालयको बेश्या बनिदिन्छु ।
ए सुन
1000 हैन पाँच सयदिने हो
त्यो बन्दकोठाको एकरातको लागि
म भोकै छु
तिमी नि यौनको भोको छौ
म तिम्रो यौन भोक प्यास मेट्छु
तिमी मेरो भोको पेट भर्ने हो ।
दिनभर तिम्रो ठुलो पसलको ब्यपारी बनेउ
रातभर मेरो ग्राहक बन्ने हो?
म तयार छु
म निर्लज्ज छु
किनकि यो त मेरो पेसा हो
एककल ट्वार फोन हान है
त्यो अनकन्टार कोठामा रात बिताउनु अगि
ओ हेलो
तर एउटा सर्त छ नि
दिनहु रात बिताउ सित्तैमा बिताउ केहि छैन
तर उपहार स्वरुप मलाई
तिमि वचन देउ
अरु कुनै नारी माथी गिद्दे नजर नलाउ
अरु कसैलाई बलात्कारको सिकार बनाउन पाउने छैन
हिडिरहेका चेलिलाइ जिब्रो पड्काउदै
ओए हेर रे त्यो केटि क्या माल भन्दै
भन्न पाउने छैन
एकान्त ठाउँ भेट्ने बित्तिकै तिमिले रावणको रुप लिन पाउने छैन
मन्जुर भैदेउ न
दिनहु बलात्कार को घटना सुन्दा सुन्दा
गलिसके
मरेका लास देखेर म मरिसके
दिनहुुँ हुने शोषण देखेर
जीउँदै जलिसके ।।।
त्यसैले सुन रे
म तिम्रो उत्तेजनाको जाडको सित्तन बनिदिन्छु
हरेक बार तिम्रो यौवनको प्यास मेटिदीन्छु
मेरो पेसा हो यो
अरुलाइ बलात्कारको सिकार बन्न रोक्छु
कुनै नारिको इज्जतको एउटा दरिलो
रक्षक बनिदिन्छु
खुल्ला छ ढोका त्यो कोठाको तिमिलाइ
तर
ढोका बाट पस्नुअगी बाचा पूरा गर्नु ।
ए मलाई राम्रो सोच या नराम्रो सोच
म एकले हजारौं नारिको इज्जत जोगाउने
काम गर्छु ।
म नियमित सयौं सङ रात बिताएर
हजारौं को इज्जत जोगाउछु
त्यसैले म बेश्यालको बेश्या बनिदिन्छु ।।
#बुझेर- प्रतिक्रिया दिनु होला।

©Suzata Niraula

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *