एलिना चौहान र आकाश मगरको ‘ओ माइ लर्ड’ को म्युजिक भिडियो सार्वजनिक

२०७७ माघ १४, बुधबार २१:२२ गते २०७७ माघ १४, बुधबार २१:२२ गते २०७७ माघ १४, बुधबार २१:२२ गते

माघ १३ काठमाडौं । गायिका एलिना चौहान र नवगायक आकाश मगरको युगल गायनमा समावेश ‘ओ माइ लर्ड’ शिर्षकको म्युजिक भिडियो सार्वजनिक भएको छ।अस्ट्रेलियामा बसेर आफ्नो संगीत यात्रा अघि बढाइरहेका गायक आकाश मगरले नै यस गीतलाई संगीतवद्द गरेका हुन्। प्रेमिल शैलीको यस गीतलाई गायक मगर र दिपक पाठकले मिलेर लेखेका हुन्। गीतमा लिल रक लुकको संगीत संयोजन रहेको छ।युवा युवती बीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा नायिका वर्षा सिवाकोटी र जिवेश सिंह गुरुङ फिचर्ड छन्। रुपेश थापाले छायांकन गरेको यस भिडियोलाई सियोन श्रेष्ठले कोरियोग्राफी गरेका हुन्। बिजेश पौडेलले भिडियोलाई सम्पादन गरेका हुन्। जिवेश सिंह गुरुङको परिकल्पना र निर्देशनमा भिडियो तयार पारिएको हो। कलेजेज नेपालको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।
हेर्नुहोस पूरा भिडियो…

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *