ने.बि.संघद्वारा राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण

२०७७ माघ १५, बिहीबार २१:४४ गते २०७७ माघ १५, बिहीबार २१:४४ गते २०७७ माघ १५, बिहीबार २१:४४ गते

काठमाडौं ।नेपाल विद्यार्थी संघले राष्ट्रीय मानव अधिकार आयोगको ध्यानाकर्षण गरायको छ छविसपाथिभेरा गाउँपालिका–३ का नेपाल तरुण दलका स्थानीय नेता २७ वर्षीय अमृतबहादुर सिंहलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताहरुले धारिलो हतियार प्रहार गरी हत्या गरेको घटनाप्रति सरकारले हत्यारालाई संरक्षण गर्न खोजेको भन्दै मानव अधिकार आयोगको ध्यानाकर्षण गरायको छ ।

छविसपाथिभेरा ३ स्थित वान्नीचौर माध्यमिक विद्यालय व्यवस्थापन समितिको निर्वाचन सकेर घर फर्कने क्रममा मङगलबार साँझ उनलाई नेकपाबाट निर्वाचित वडा अध्यक्ष विकासकुमार ऐडी, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम छविसपाथिभेराका संयोजक प्रकाश ऐडी, ज्ञानबहादुर कडायत, केदार ऐडीको समूहले कुटपिट गरेर धारिलो हतियार प्रहार गरी हत्या भएको नेपाल तरुण दलका सदस्य सिंहको हत्याराहरुलाइ सरकारले संरक्षण गर्न लागेको भन्दै ने बि संघ राष्ट्रीय मानव अधिकार आयोग पुगेको हो । नेपाल विद्यार्थी संघका निवर्तमान सह महामन्त्रि प्रेम राज जोशी ,त्रिचन्द्र क्यामपसका सचिब दिपेन्द्र जोशी, शंकर देब क्यामपसका नेता हरिश्चन्द्र जोशी ,अशोक राज जोशी लगायतका नेता कार्यकर्ता पुगेर आयोगको ध्यानाकर्षण गरायका छन् ।।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *