बझाङ | बझाङका एक युवा निर्माण ब्यवयायीले आप्नो निजी लगानीमा मन्दिर निर्माण गरेका छन् । जिल्लाको वित्थडचिर गाउँपालिका– वडा नम्बर ९ का मानबहादुर बोहराले आप्नो गाउँमै झण्डै १० लाख रुपैयाँ बराबरको लगानी लगाएर मन्दिर निर्माण गरेका हुन् । युवा निर्माण ब्यबयायी बोहराले भने यस मन्दिरमा बिना ढुन्गा रहित आर सि सि ढलानबाट निर्माण गरेको बताए उक्त मन्दिर हजुरबुवा रतिभान बोहरा र बुवा गम्भीर बोहराको इच्छा अनुसार कालो ढुङ्गा मन्दिर निर्माण गरेको युवा ब्यबसायी बोहराले बताए । ‘हजुर बुवा र बुवाले मन्दिर निर्माण गर्ने ठूलो इच्छा गर्नुभएको थियो,’ बोहराले भने, ‘अहिले मैले मन्दिर निमार्ण गर्न सफल भए आफु यस्ता सामाजिक कार्य निरन्तर गर्दै जाने बताए मेरो परिवारसहित गाउँले पनि खुसी छन् ।’ मन्दिरमा चैते दशमी र नवरात्रीमा पुजाआजा सहित मेला लाग्ने गर्दछ । युवा निर्माण व्यवसायी बोहराले यस अघि पनि गाउँमा विभिन्न सामाजिक सेवा गर्दै आएका छन् । उनले बन्दाबन्दीको समयमा गाउँमा राहतसमेत वितरण गरेका थिए । कोरोना कहरका बीच भारतबाट फर्केर सिमानाका गौरीफन्टामा सास्ती भएका नेपालीहरुलाई पनि उनले खाना, पानी दिएर सहयोग गरेका थिए ।
Views: 0