संचारकर्मी गुप्तालाई ज्यान मार्ने धम्की

२०७७ माघ १७, शनिबार २२:१९ गते २०७७ माघ १७, शनिबार २२:१९ गते २०७७ माघ १७, शनिबार २२:१९ गते

कपिलवस्तु | कपिलवस्तु कृष्णनगर नगरपालिका ६ भिल्मी घर भएकाे संचारकर्मी कमलेश चन्द्र गुप्तालाई समाचार लिखेको कारण केहि ब्यक्तिले गाली गलौज गरि हात पात गरेका छन lकृष्णनगर नगरपलिका ६ भिल्मीमा जनता आवास कार्यक्रम अन्तर्गत बन्दै गएकाे घरमा कमसल इटा प्रयाेग भइरहेकाे समाचार लेखेपछि वहांलाई निर्माण समितिका जावेद आलम र तिनका भाई ताहिर खानले गाली गालाैज गरि ज्यान मार्ने धम्की दिएका छन l ज्यान मार्ने धम्की आएपछि पत्रकार कमलेश चंद्र गुप्ताले सुरक्षाको माग गर्दै प्रहरी चौकी भिल्मीमा उजुरी दिएका हुन । पत्रकार भई समाचार संकलन सम्प्रेषण गर्दा अनेकाैं बाधा अवराेध आउने गर्छन तर निडर भई समाजलाई सुसुचित गराउन पत्रकारिताकाे धर्म रहेकाेले समाचार लेखेकै कारण पत्रकार गुप्तालाई धम्की दिने र गाली गलाैज, हातापाई गर्ने जस्ताे कुकृतिप्रति प्रेस क्लब आफ कृष्णनगर र अवधी पत्रकार संघ नेपालकाे गम्भीर ध्यानाकर्षण भएकाे छ । साथै पत्रकार गुप्तकाे ज्यानमाल सुरक्षा पत्रकार गुप्तालाई धम्की दिने व्यक्ति जावेद आलम र ताहिर खानलाई तत्काल कारवाही गर्न प्रेस क्लब ऑफ़ कृष्णनगर र अवधी पत्रकार संघ नेपालले सम्बन्धित निकायसंग जाेडदार माग गरेको बिज्ञप्तिमा समेत उल्लेख गरिएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *