विकास बजेट काटेर निर्वाचनको खर्च जुटाउने तयारी

२०७७ माघ २३, शुक्रबार १०:०४ गते २०७७ माघ २३, शुक्रबार १०:०४ गते २०७७ माघ २३, शुक्रबार १०:०४ गते

काठमाडौं, माघ २३ : आउँदो वैशाख १७ र २७ गतेको निर्वाचनका लागि सरकारले विकास बजेट कटौती गरेर निर्वाचनको खर्च जुटाउने तयारी अघि बढाएको छ ।निर्वाचनका लागि आयोगले ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ सरकारसमक्ष प्रस्ताव गरेपछि अर्थमन्त्रालयले विनियोजित भएर खर्च नभएका विभिन्न आयोजनाहरु को खर्च काटेर निर्वाचन खर्च जुटाउन गृहकार्य थालेको हो ।

हालै राजधानीमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अर्थमन्त्री विष्णु पौडेलले जसरी पनि चुनावी खर्च सरकारले जुटाउने बताएका थिए । सामान्यतया सार्वजनिक निकायले विकास बजेट कटौती गरेर चालू खर्च जुटाउने गरी रकमान्तर गर्न पाउँदैन ।प्रतिनिधिसभा विघटनपछि निर्वाचन घोषणा गरेलगत्तै अर्बौं खर्च जुटाउनुपर्ने अनपेक्षित चाप सरकारलाई परेको छ । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *