छिरिङ्ग दोर्जेको झ्याई लासीमा चार युवा-युवतीले साँचिकै झ्याई गर्छन होला त ? (हेर्नुहोस भिडियो सहित)

२०७७ माघ २५, आईतवार १२:४४ गते २०७७ माघ २५, आईतवार १२:४४ गते २०७७ माघ २५, आईतवार १२:४४ गते

मकवानपुरे कलाकार छिरिङ्ग दोर्जे लामाको शब्दमा रहेको तामाङ दोहोरी गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । हेटौंडा म्युजिक क्रियशन युट्युब च्यानलमार्फत सार्वजनिक भएको छिरिङ्ग दोर्जेको झ्याई लासी गीतमा सञ्जीब वाईबा र बबिता पाख्रिनको आवाज सुन्न सकिन्छ ।साम्तेन मोक्तानको संगीत रहेको यस गीतमा फणिन्द्र राईले एरेञ्ज गरेका हुन् । गीतको म्यूजिक भिडियोमा रोहन लामा, शशिकला स्याङ्तान, सुनिल मोक्तान र रिजा तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । अमृत कुमार लुङ्बाको निर्देशनमा बनेको म्यूजिक भिडियोमा डिबी तामाङ सागरले कोरियोग्राफी गरेका हुन् भने बिजय लामाले खिचेका हुन् । म्यूजिक भिडियोलाई राजेश कुमारले सम्पादन गरेका हुन् ।

मकवानपुर जिल्लाको राक्सिराङ्ग गाउँपालिका वडा १ मुङ्ग्रेकोटमा जन्मिएका छिरिङ्गदोर्जे लामाले यसपालि मायालुलाई झ्याई पार्ने कुरालाई समेटिएका छन् । लामाको यस अघि नै मकवानपुरे ठिटो, दोहोरो माया दोलालघाट, बालै फरर, तुन्बा कट्टु ,ऋषेश्वर मेला, आमालाई चाहियो एउटि चाङ, महि मिठो, डिम्पल रहेछ गालामा लगायतका दुई दर्जन भन्दा बढी गीतहरुमा शब्द तथा संगीत दिईसकेका छन् ।भिडियो हेर्न लिंकमा जानुहोस्:

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *