२४ माघ काठमाडौ । नेपाली काँग्रेस (वी पी) का केन्द्रिय पार्टी कार्यलय सचिव सुशीलराज वाग्लेले उपत्यकाको सभा स्थल खुला मञ्च माफियाको जिम्मा लगाएर जनतालाई दुख दिई सडक र पसल बन्द गरि सडकमा सभा गरिने व्यवस्था गणतन्त्र रहेछ भन्दै संघिय गणतान्त्रिक व्यवस्था प्रति व्यङ्ग्य गरेका छन ।
कार्यलय सचिव वाग्लेले शुक्रबार फेसबुकमा लेख्दै उपत्यका सभा स्थल खुल्ला मञ्च माफियाको जिम्मा लगाई कसैले रत्नपार्क, प्रदर्शनि मार्ग त कसैको दरबार मार्गमा सभा गरि जनतालाई दुख दिएको आरोप लगाएका छ्न ।
कार्यलय सचिव वाग्ले तत्काल खुला मञ्च खालि गरि सभा स्थल बनाउन वा अन्य खालि स्थानलाई सभा स्थलको रुपमा प्रयोग गर्न पनि सम्बन्धि निकायको ध्यानाकर्षण गराउदै प्रजातन्त्रमा भेला, जूलूस, सभा तथा विरोधका कार्यक्रम गर्न पाइन्छ तर यसबाट जनतामा पर्न जाने समस्या प्रति ध्यानमा राखि तत्काल खुला मञ्च खालि गर्न वा अन्य खालि स्थान प्रयोगमा ल्याउन सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण पनि गराउदछु भनेका छ्न । फेसबुकको पोष्ट:
Views: 0