लैङ्गिक रूपमा विभेद, टोकियो ओलम्पिकका प्रमुख योशिरो मोरीले राजीनामा दिँदै

२०७७ माघ ३०, शुक्रबार १३:२७ गते २०७७ माघ ३०, शुक्रबार १३:२७ गते २०७७ माघ ३०, शुक्रबार १३:२७ गते
(FILES) This file photo taken on July 24, 2019 shows president of Tokyo 2020 Olympic Games organising committee, Yoshiro Mori, delivering a speech during a ceremony to unveil the one-year countdown clock for the Tokyo 2020 Olympic Games in Tokyo. - Tokyo 2020 Games chief Yoshiro Mori has apologised and said he may have to resign after sparking a sexism row by claiming women "have difficulty" speaking concisely, a Japanese daily said on February 4, 2021. (Photo by Toshifumi KITAMURA / AFP)

काठमाडौं, ३० माघ : टोकियो ओलम्पिकका प्रमुख योशिरो मोरी महिला अधिकारीबारे गरेको टिप्पणीका कारण जापान र विदेशमा आक्रोश व्यक्त गरिन थालेपछि राजीनामा दिने मनस्थितिमा पुगेका छन् ।उनले ‘महिलाहरू बैठकमा बढी बोल्छन्’ भनी गरेको अभिव्यक्तिलाई लैङ्गिक रूपमा विभेदकारी रहेको भन्दै राजनीतिक वृत्तमा आलोचनापछि राजीनामा दिने मनस्थिति बनाएका जापानी सञ्चारमाध्यममा उल्लेख गरिएको छ ।उनको महिलाबारेको त्यस टिप्पणी आयोजकहरूको लागि पछिल्लो समय टाउको दुखाइको विषय बनेको थियो । महामारीको बावजुद जापानले यसै गृष्म ऋतुमा ओलम्पिक खेल आयोजना गर्ने योजनाबीच ओलम्पिक समितिले उनको अभिव्यक्तिलाई लिएर सार्वजनिक असन्तुष्टिको सामना गरिरहेको छ ।

 

८३ वर्षीय मोरीले शुक्रबार खेल आयोजकहरूको एक बैठकमा आफ्नो राजीनामाको घोषणा गर्ने तयारी गरेका जापानी सञ्चारमाध्यमहरूले लेखेका छन् । उनको सबैभन्दा बढी सम्भावित उत्तराधिकारीका रूपमा ८४ वर्षीय सबुरो कावाबुचीलाई अघि सारिने पनि समाचारहरूमा उल्लेख छ ।जापानका पूर्व प्रधानमन्त्रीसमेत रहेका मोरीले जापानी ओलम्पिक समितिका सदस्यहरूलाई आफूले गएको हप्ता गरेको टिप्पणीका कारण यो निर्णय लिन दबाब परेको बताइएको छ । उनले लैङ्गिक विभेद सिर्जना गर्ने अभिव्यक्तिका लागि माफी मागे पनि महिलासँग आफू धेरै बोल्न नचाहने बताएका कारण समस्या थप जटिल बनेको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *