सुनको मूल्य घटेसँगै चाँदी बढ्यो, आज कारोबार कतिमा ?

२०७७ माघ ३०, शुक्रबार १३:३८ गते २०७७ माघ ३०, शुक्रबार १३:३८ गते २०७७ माघ ३०, शुक्रबार १३:३८ गते

काठमाडौं, ३० माघ : शुक्रबार सुनको मूल्य घटेसँगै चाँदी भने सामान्य बढेको छ । सुन प्रति तोलामा ६ सय रुपैयाँले घटेर ९० हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार पनि तोलामा ४ सय रुपैयाँले घटेर तोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, महासङ्घका अनुसार तेजाबी सुन ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ । बिहीबार तोलामा १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार बढेर १३ सय २० रुपैयाँ पुगेको छ ।

 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *