चीनमा बीबीसी टेलिभिजन प्रसारणमा रोक

२०७७ माघ ३०, शुक्रबार १४:११ गते २०७७ माघ ३०, शुक्रबार १४:११ गते २०७७ माघ ३०, शुक्रबार १४:११ गते

काठमाडौं : चीनले बीबीसी वल्र्ड सर्विस टेलिभिजनको चीनभित्र प्रसारणमाथि रोक लगाएको छ । बिबिसीले अनुचित र असत्य पत्रकारिता गरिरहेको आरोप लगाउँदै टेलिभिजन प्रसारणमा रोक लगाइएको चीनले दाबी गरेको छ हालैका महिनामा चीनले बिबिसीको कोरोना महामारी र शिनजियांगमा मुसलमानमाथि भएको शोषणमाथि प्रसारण गरिएका रिपोर्टमा आपत्ति जनाएको थियो ।ब्रिटेनको विदेश मन्त्रालयले भने एक वक्तव्य जारी गर्दै चीनमा इन्टरनेट र मिडियामाथि सबैभन्दा धेरै प्रतिबन्ध लागु भएको उल्लेख गरेको छ । चीनको यो कार्यले विश्वमा उसकै साख गिराउने वक्तव्यमा भनिएको छ ।

अघिल्लो साता ब्रिटेनको मिडिया नियामक निकायले चीनको सरकारी नियन्त्रणमा रहेको च्यानलको प्रसारण लाइसेन्स निलम्बित गरेको थियो ।बीबीसीका एशिया एडिटरले चीनमा बीबीसी वल्र्ड सर्विस टिभिको प्रसारण रोकिनुले धेरै असर नपर्ने बताएका छन् ।चीनमा यसअघि पनि यो च्यानल अधिकतम मानिसहरुका लागि उपलब्ध नरहेको उनको दाबी छ । बीबीसीले चीनले टेलिभिजन प्रसारणमा रोक लगाइएको घटनाप्रति खेद व्यक्त गरेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *