प्रधानमन्त्री ओलीले भारतको इशारामा संसद विघटन गरेका हुन् : चित्रबहादुर केसी

२०७७ माघ ३०, शुक्रबार १४:२३ गते २०७७ माघ ३०, शुक्रबार १४:२३ गते २०७७ माघ ३०, शुक्रबार १४:२३ गते

अर्घाखाँची, ३० माघ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि भारतको इशारामा संसद विघटन गरेको बताएका छन् । उनले ओलीले गणतन्त्र र धर्मनीरपेक्षता समाप्त पार्न लागेको समेत बताए । प्रगतितिशिल पत्रकार संघ अर्घाखाँचीले सन्धीखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व उपप्रधानमन्त्री केसीले भने, ‘ओलीले भारतको इशारामा संसद विघटन गरेका हुन् ।’

उनले गणतन्त्र, धर्मनीरपेक्षताविरुद्ध ओलीले कदम चालेको आरोप लगाए । त्यसविरुद्ध नेकपा, कांग्रेस, मधेशवादीलगायत दलहरु एक भएर आन्दोलनको आँधीबेहरी सृजना गर्नुपर्ने बताए । प्रधानमन्त्री ओलीको कदममा सहीछाप गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले गम्भीर गल्ती गरेको केसीको टिप्पणी थियो ।उनले ओलीमाथि हिटलरको शैलीमा बढेको आरोप लगाए । प्रधानमन्त्री ओलीका कारण राष्ट्रियता नै खतरामा परेको बताए । अब देशलाई जोगाउन लोकतन्त्रवादी, गणतन्त्रवादी शक्तिहरु एक हुनुपर्नेमा जोड दिए ।

 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *