काठमाडौं, ३० माघ : शुक्रबार एक सय २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चार हजार जनाको पीसीआर परीक्षण गर्दा एक सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या दुई लाख ७२ हजार पाँच सय ५७ पुगेको छ । यस्तै बितेको २४ घण्टामा एक सय ३६ जनासहित दुई लाख ६८ हजार सात सय ९६ जना निको भएका छन् ।थप दुई जनाको ज्यान गएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या दुई हजार ५४ पुगेको छ । अहिले नेपालमा एक हजार सात सय जना सक्रिय संक्रमित रहेका छन् ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0