पुस ५ गतेसम्म १८ वर्ष पुगेका व्यक्तिले मात्र मतदान गर्न पाउने

२०७७ फाल्गुन ४, मंगलवार १३:२१ गते २०७७ फाल्गुन ४, मंगलवार १३:२१ गते २०७७ फाल्गुन ४, मंगलवार १३:२१ गते

काठमाडौं, फागुन ४ : निर्वाचन आयोगेले गत पुस ५ गतेसम्म १८ वर्ष पुगेका र मतदाता नामावलीमा नाम भएका व्यक्तिले मात्र आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनमा मतदान गर्न पाउने भएका छन्।

सोमबार राजपत्रमा प्रकाशित भएको निर्वाचन आयोगको सूचनामा उक्त कुरा उल्लेख छ। दुई चरणमा हुने निर्धारित प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोगजनका लागि मतदाता नामावलीमा नाम समावेश गर्ने गरी आयोगको सूचना प्रकाशन गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गएको पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन्। अहिले प्रतिनिधि सभा विघटनविरुद्ध परेका मुद्दाको सुनुवाइ सर्वोच्चमा जारी छ। यस्तै, नेकपाभित्रको विवाद पनि कायमै छ।नेकपाको एउटा समूहको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन् भने अर्को पक्षको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन्। प्रचण्ड–माधव पक्षले आफूहरू नै आधिकारिक नेकपा भएको भन्दै आयोगमा निवेदन दिइसकेका छन् भने केही दिन पहिले आयोग पुगेका ओलीले आफूले अहिलेसम्म सूर्य चिन्हबाहेक अरुबाट चुनाव नलडेको भन्दै आयोगमाथि दबाब बढाएका छन्।प्रचण्ड–माधव पक्षले आधिकारिक नेकपा र सूर्य चिन्ह आफूले पाउनेपर्ने बताइरहँदा ओली पक्षले पनि दाबी गरिरहेको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed