देशका धेरै ठाउँमा गर्मी बढ्न थाल्यो

२०७७ फाल्गुन ५, बुधबार १२:०२ गते २०७७ फाल्गुन ५, बुधबार १२:०२ गते २०७७ फाल्गुन ५, बुधबार १२:०२ गते

काठमाडौं, ५ फगुन : तापक्रम बढ्न थालेसँगै देशका धेरै ठाउँमा गर्मी बढ्न थालेको छ । काठमाडौंसहित देशका धेरै ठाउँमा विस्तारै गर्मी बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।काठमाडौंको अधिकतम तापक्रम केही दिन यता २० डिग्री सेल्सियस भन्दा माथि छ । बुधबार अधिकतम तापक्रम २१ देखि २३ डिग्रीसम्म पुग्ने अनुमान गरिएको महाशाखाले जनाएको छ ।
काठमाडौंको न्युनतम तापक्रम बिहान ७ डिग्री सेल्सियस मापन गरिएको थियो । बुधबार काठमाडौंसहित देशका धेरै ठाउँको मौसम सफा रहने पनि महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको केही प्रभाव रहेकाले पश्चिमी क्षेत्र र प्रदेश १ का केही ठाउँको मौसम भने आंशिकदेखि सामान्य बद्ली हुने अनुमान छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed