महँगो इन्धन: खरिद मूल्य ५४ रूपैयाँ, कर ५५ रूपैयाँ

२०७७ फाल्गुन ५, बुधबार १४:५३ गते २०७७ फाल्गुन ५, बुधबार १४:५३ गते २०७७ फाल्गुन ५, बुधबार १४:५३ गते

काठमाडौं, फागुन ५ : पेट्रोलियम पदार्थमा लगाइएको शतप्रतिशत करका कारण सर्वसाधारण इन्धन खरिदमा चर्को मूल्य तिर्न बाध्य भएका छन् । यसले इन्धनसँग अन्तरसम्बन्धित सबैजसो सामग्रीको भाउलाई प्रभावित गरेको छ ।हाल नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोल प्रतिलिटर ५३ रुपैयाँ ९७ पैसामा खरिद गरेको छ ।यसमा सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) सहित सम्पूर्ण राजस्व करिब ५५ रुपैयाँ लिन्छ । ‘सर्वसाधारणलाई महँगो हुनुको मुख्य कारण नै चर्को राजस्व हो,’ निगमका एक उच्च अधिकारीले भने, ‘यो कर हामीले लिने होइन । सरकारको खातामा जान्छ ।’

निगमका अधिकारीले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटबढ हुँदा त्यसैअनुसार समायोजन गर्नु आफूहरूको बाध्यता रहेको बताए ।अहिले निरन्तर मूल्य बढिरहेको छ । आयल निगमद्वारा जारी विज्ञप्तिमा मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ बढाइएको उल्लेख छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *