आजदेखि का .म .न.पा .भित्रका स्थानीयवासीको मिर्गौला परीक्षण

२०७७ फाल्गुन ५, बुधबार १६:५९ गते २०७७ फाल्गुन ५, बुधबार १६:५९ गते २०७७ फाल्गुन ५, बुधबार १६:५९ गते

काठमाडौं, ५ फगुन : काठमाडौं महानगरपालिकाले बुधबारदेखि नगरभित्रका स्थानियबासिन्दाको मिर्गौला परीक्षण गर्ने भएको छ । महानगरपालिकाका १ देखि ३२ वटै वडाका बासिन्दाको निःशुल्क मिर्गौला परीक्षण गर्ने जनस्वास्थ्य विभागले जनाएको छ ।

मिर्गौला परीक्षणका लागि बुधबारदेखि सुरु हुने अभियान ६ महिनासम्म चल्नेछ । स्वस्थ मिर्गौला, स्वस्थ काठमाडौं कार्यक्रम अभियानका रुपमा सुरु गर्न लागिएको महानगरपालिकाको जनस्वास्थ्य विभागले जनाएको छ ।विभागले सार्वजनिक सूचना निकालेर वडामा रहेको सामुदायिक शहरी स्वास्थ्य क्लिनिकमा गई निःशुल्क परीक्षण गराउन आग्रह गरेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *