काठमाडौं। बर्तमान सरकारले नेपाली कांग्रेसका नेता केन्द्रीय सदस्य एनपि साउद र डिला संग्रउला लगाएत नेबिसघंका नेता कार्यकर्ता माथी बैतडीमा गरेको दुरव्यबहार र हप्तामा दुई पटक गरेको पेट्रोलको मूल्य वृद्धि र निर्मला पन्त र भागिरथि भट्टको हत्यारालाई कारर्बाहीको माग गर्दै आज नेपाल विद्यार्थी संघ शंकरदेब क्याम्पसले राकेजुलुस सहित बिरोधि प्रदर्शन गरेको छ ।
मंगलबार कांग्रेसले आयोजना गरेको कार्यक्रम चलिरहेको समयमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाका कार्यकर्ताको समूहले ढुंगामुडासहित आक्रमण गरेका थिए । उक्त आक्रमणमा नेता साउदसहित १० जना घाइते भएका थिय भने ५ वटा सवारीसाधनमा तोडफोड भएका थियो।नेपाल बिद्यार्थी संघ शंकर देब क्यामपसले उक्त घटनाको निन्दा गर्दै दोषीलाई तत्काल कारबाही गर्न र पेट्रोलियम पदार्थमा गरेको मुल्य फिर्ता लिन र निर्मला पन्त र भागरथी भट्को बलात्कारीलाई कडा भन्दा कडा कार्बाहीको माग राख्दै राके जुलुश सहित प्रदर्शन गर्दै सत्तारुढ दललाई सत्ता उन्माद नदेखाउन चेतावनी दिएको छ । उक्त घटनाको विरोध गर्दै नेपाल बिद्यार्थी संघका चर्चित बिद्यार्थी नेता दिपक रिमालको नेतृत्वमा विद्यार्थी नेता कार्यकर्ताले राँके जुलुस निकालेका हुन् ।
Views: 0