आज पनि घट्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा ?

२०७७ फाल्गुन ६, बिहीबार १५:२० गते २०७७ फाल्गुन ६, बिहीबार १५:२० गते २०७७ फाल्गुन ६, बिहीबार १५:२० गते

काठमाडौं, ६ फागुन : बिहीबार सुनचाँदीको मूल्य घटेको छ । बुधबार एकै दिन तोलामा ११ सय रुपैयाँले घटेको सुनको मूल्य बिहीबार फेरि ६ सय रुपैयाँले घटेको हो । बिहीबार सुन तोलाको ८९ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । केही दिनयता सुनको मूल्य घट्दो क्रममा रहेको छ । यस्तै, बिहीबार तेजावी सुन तोलामा ८८ हजार ७५० रुपैयाँमा कारोबार भएको छ । यसैगरी बिहीबार चाँदी पनि तोलामा ५ रुपैयाँले घटेर १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तोलामा १३४० रुपैयाँमा कारोबार भएको थियो । महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यकाअनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेकाले नेपाली बजारमा पनि मूल्य घटेको हो । बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ११ डलरले घटेर १७ सय ८१ डलर कायम भएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *