भारतको पश्चिम बंगालका ब’म आ’क्रमण, मन्त्रीसहित तीन जना घाइते

२०७७ फाल्गुन ६, बिहीबार १५:२४ गते २०७७ फाल्गुन ६, बिहीबार १५:२४ गते २०७७ फाल्गुन ६, बिहीबार १५:२४ गते

एजेन्सी, ६ फागुन : भारतको पश्चिम बंगालका एक मन्त्रीमाथि ब’म आ’क्रमण भएको छ । पश्चिम बंगालका श्रममन्त्री जाकिर हुसेनमाथि ब’म आ’क्रमण भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गएराति मुर्सिदावादको रेलवे स्टेशनमा भएको ब’म आ’क्रमणमा मन्त्री हुसेन घाइते भएका छन् ।पेटमुनि चो’ट लागेका उनलाई जांगीपुर सबडिभिजन अस्पतालमा भर्ना गरिएको छ । स्थानीय प्रहरीकाअनुसार आ’क्रमणमा अन्य दुई जना पनि घाइते भएका छन् । कलकत्ता जानका लागि रेलवे स्टेशनमा पुगेका हुसेनमाथि ब’म हमला भएको त्यहाँको प्रहरीले जनाएको छ ।

आ’क्रमण कसले गर्यो भन्ने खुलेको छैन । आ’क्रमणको जिम्मा कसैले लिएको छैन । मन्त्री हुसेनमाथि भएको आ’क्रमणको तृणमूल कांग्रेसले भत्सर्ना गरेको छ । मुर्सिदावादका तृणमूल अध्यक्ष अबु ताहेरले घटनामा संलग्नलाई कानुनी कठघरामा ल्याउन प्रहरीलाई अनुरोध गरिएको बताए । काँग्रेस आई र भारतीय जनता पार्टीले पनि आ’क्रमणको निन्दा गर्दै पश्चिम बंगालमा शान्ति सुरक्षामाथि प्रश्न उठाएका छन् । पश्चिम बंगालमा एमएलएमाथि आ’क्रमण हुने घटना यसअघि पनि हुने गरेका थिए । राज्यका मन्त्रीमाथि नै आ’क्रमण भएको पछिल्लो समयको यो पहिलो घटना हो । यसअघि पश्चिम बंगालमा भाजपाका नेता बाबु मास्टरमाथि पनि आ’क्रमण भएको थियो । पश्चिम बंगालमा आउँदो अप्रिल र मेमा विधान सभाको चुनाव हुँदैछ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *