काठमाडौं उपत्यकाको मौसम सफा, उच्च पहाडी र हिमाली भूभागमा हिमपात

२०७७ फाल्गुन ७, शुक्रबार १३:०४ गते २०७७ फाल्गुन ७, शुक्रबार १३:०४ गते २०७७ फाल्गुन ७, शुक्रबार १३:०४ गते

काठमाडौं, ७ फागुन : शुक्रबार काठमाडौं बाहेक पहाडका एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको छ । काठमाडौं र आसपास क्षेत्रको मौसम भने दिनभर सफा रहने र बेलुकीतिर आंशिक बद्लीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै उच्च पहाडी र हिमाली क्षेत्रका एकरदुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । अहिले प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । अरु क्षेत्रको मौसम भने सफा रहेको मौसमविद्ले बताएका छन् ।

 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *