चुनावका लागि आन्तरिक तयारी पूरा, फागुन २१ गते मतदाता नामावली प्रकाशन गरिने

२०७७ फाल्गुन ७, शुक्रबार १६:०२ गते २०७७ फाल्गुन ७, शुक्रबार १६:०२ गते २०७७ फाल्गुन ७, शुक्रबार १६:०२ गते

काठमाडौं, ७ फागुन : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बैशाख १७ र २७ गते हुने चुनावका लागि आन्तरिक तयारी पूरा भएको बताएका छन् । शुक्रबार पाँचौँ निर्वाचन दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आउँदो चुनावका लागि आन्तरिक तयारी पूरा गरेको बताएका हुन् ।उनले भने, ‘आउँदो चुनावको सिलसिलामा पनि हामीले आन्तरिक तयारी लगभग पूरा गरेका छौँ । यही फागुन २१ गते सबै मतदाता नामावलीको नाम प्रकाशन गरिनेछ । देशभरि मतदानस्थल र मतदान केन्द्रहरूको निधो गरिनेछ । त्यसलगत्तै हाम्रा चुनावका कार्यक्रम अगाडि बढ्नेछन् । हामीले यो वर्ष चुनावमा मिडिया क्षेत्रको भूमिका र विशेषतः सामाजिक सञ्जाललाई पनि प्रभावकारी ढङ्गले प्रयोग गर्नुपर्छ भन्ने ध्येयले सामाजिक सञ्जालको उपयोगसम्बन्धी नीति नै तर्जुमा गरेका छौँ । रणनीति तर्जुमा गर्ने प्रक्रियामा छौँ| चुनावका सामाग्रीको आन्तरिक बन्दोबस्त भइसकेको छ । बाह्य रूपमा उपलब्ध गराउनुपर्ने सामग्रीहरूको खरिद योजना तयार गरिएको छ भने विभिन्न किसिमका तालिम, कार्यक्रमका निम्ति आवश्यक सामग्रीहरू तयार गरी अगाडि बढिराखेका छौँ ।’

चुनाव कुनै पनि किसिमको स्रोत, साधन, पहुँच र शक्तिबाट प्रभावित हुनु हुँदैन र चुनाव निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित हुनुपर्ने कुरामा आयोग सधैँ अडिग रहेको पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए । चुनाव खर्चिलो र भड्किलो बन्दै गएकोप्रति निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण भएको पनि उनको भनाइ छ । आउँदो चुनावलाई मितव्ययी बनाउनका लागि आयोग सचेत रहेको बताए ।उनले भने, ‘चुनाव कुनै पनि किसिमको शक्ति, स्रोत, साधन र पहुँचबाट प्रभावित हुनु हुँदैन । चुनाव निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित हुनुपर्दछ भन्ने कुरामा निर्वाचन आयोग सधैँ नै अडिग रहेको छ । यसअनुसार प्रत्येक चुनाव अलि खर्चिलो र भड्किलो बन्दै गएकोप्रति निर्वाचन आयोगको गम्भीर रूपले ध्यानाकर्षण भएको छ । त्यसकारण हामी आउँदो चुनावमा आचारसंहिताको माध्यमबाट चुनावलाई कसरी मितव्ययी, कम खर्चिलो र प्रभावकारी ढङ्गले लान सकिन्छ भन्ने विषयमा सचेत छौँ ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोगको मूल ध्येय स्वतन्त्र, निष्पक्ष, पारदर्शी र मितव्ययी ढङ्गले चुनाव सम्पन्न गराउने रहेको उल्लेख गर्दै चुनावसँग सम्बन्धित सङ्घ–संस्था, निकाय, व्यक्ति र विशेषगरी राजनीतिक दलहरूको भूमिका अपरिहार्य रहेको बताए । उनले आउँदो चुनावमा अत्यन्त उल्लासमय वातावरणमा जागरुक भइ आफ्नो प्रतिनिधि छान्न आम मतदाता सरिक हुनेमा विश्वाससमेत व्यक्त गरे ।निर्वाचन आयोगले फागुन ७ गते निर्वाचन दिवस मनाउँदै आएको छ । नेपालमा सर्वप्रथम वि.सं. २०१५ साल फागुन ७ गते मतदाताहरूले आम चुनावमा सहभागी भइ आफ्नो मताधिकार प्रयोग गरेको दिनलाई स्मरण गर्दै वि.सं. २०७३ सालमा निर्णय गरी फागुन ७ गतेको दिनलाई निर्वाचन दिवस मनाउन थालिएको हो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *