काठमाडौं, ७ फागुन : कोभ्याक्स सुविधाको खोप ओसार्न विश्वका ठूला एअरलाइन्सले प्रतिबद्धता जनाएका छन् । संयुक्त राष्ट्र सङ्घीय बाल कोष युनिसेफको अगुवाइमा विश्वका कम आय भएका देशलाई प्राथमिकतामा राखेर खोप ओसार्न ठूला एअरलाइन्स कम्पनी सहमत भएका छन् ।कोरोनाविरुद्धको खोप, अत्यावश्यक औषधि, मेडिकल सामग्री तथा अन्य महत्त्वपूर्ण वस्तुहरू प्राथमिकताका आधारमा आपूर्तिमार्फत युनिसेफलाई सहयोग गर्नका लागि विश्वका १५ प्रमुख वायु सेवा कम्पनीहरूले एउटा सम्झौतामा हस्ताक्षर गर्दैछन् ।

युनिसेफको आपूर्ति महाशाखाका निर्देशक एत्लेभा कादिलिले कोल्ड चेनयुक्त भण्डारणसहित छोटो समयमै धेरै परिमाणमा विश्वका विभिन्न ठाउँमा पुर्‍याउनुपर्ने गरी जीवन रक्षक खोपको ढुवानी कार्य आफैमा एउटा विशाल एवं जटिल प्रक्रिया भएको र यसलाई केही हदसम्म सहज बनाउन विश्वका प्रमुख वायु सेवा कम्पनीले प्रतिबद्धता जनाएको बताएका छन् ।हवाई ढुवानी अभियानमा संलग्न हुने वायु सेवा कम्पनीहरूले विश्वका एक सयभन्दा धेरै देश समेट्दै विभिन्न रुटमा खोप पुर्‍याउने छन् । कोभ्याक्स सुविधाको पहिलो चरणमा एक सय ४५ देशमा बसोबास गर्ने औसतमा तीन प्रतिशत जनसङ्ख्यालाई लगाउन पुग्ने गरी खोप वितरण गरिनेछ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *