थप ९७ जनामा संक्रमण पुष्टि, ११४ जना डिस्चार्ज

२०७७ फाल्गुन ७, शुक्रबार १७:०३ गते २०७७ फाल्गुन ७, शुक्रबार १७:०३ गते २०७७ फाल्गुन ७, शुक्रबार १७:०३ गते
Coronavirus. COVID-19. 3D Render

काठमाडौं, ७ फागुन : शुक्रबार थप ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दुई हजार नौ सय ३१ जनाको पीसीआर परीक्षण भएकोमा ९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ७३ हजार दुई ६३ पुगेको छ । यस्तै बितेको २४ घण्टामा एक सय १४ जना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमण भएर निको हुनेको संख्या दुई लाख ६९ हजार ६ सय १९ पुगेको मन्त्रालयले जनाएको छ |

अहिले नेपालमा एक हजार पाँच सय ८३ जना सक्रिय संक्रमित छन् । बितेको २४ घण्टामा तीन जना संक्रमितको ज्यान गएको छ । योसँगै ज्यान गुमाउनेको संख्या दुई हजार ६१ पुगेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *