साताको पहिलो दिन सुनचाँदीको मूल्य बढ्यो, कारोबार कतिमा ?

२०७७ फाल्गुन ९, आईतवार ११:५५ गते २०७७ फाल्गुन ९, आईतवार ११:५५ गते २०७७ फाल्गुन ९, आईतवार ११:५५ गते
Five hundred gram silver bars sit next to one thousand gram gold bars in an arranged photograph at the Istanbul Gold Refinery in Istanbul, Turkey, on Thursday, May 12, 2011. Both the precious metals, silver and gold, rose today on stockists buying for the ongoing marriage season, amid a firming global trend. Photographer: Kerem Uzel/Bloomberg via Getty Images

काठमाडौं, ९ फागुन : आइतबार सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य घटेर तोलामा ८८ हजार २ सय रुपैयाँमा झरेको थियोा भने आइतबार फेरि ८ सय रुपैयाँले बढेर ८९ हजार रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।यसअघि गएको बिहीबार सुनको मूल्य तोलामा ८९ हजार २ सय रुपैयाँ थियो । त्यस्तै, तेजाबी सुन ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन तेजाबी सुन प्रतितोला ८७ हजार ७ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।यसैगरी आइतबार चाँदीको पनि मूल्य बढेको छ । शुक्रबार तोलामा १३ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन १७ सय ८४ अमेरिकी डलरमा कारोबार भएको छ ।

 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *