काठमाडौं, ९ फागुन : काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । पश्चिमी वायुको प्रभाव नरहेकाले देशभरको मौसम सफा रहेको र आइतबार सबैजसो ठाउँमा घाम लाग्ने मौसमविद्ले बताएका छन् ।मौसमविद् मञ्जु बासीकाअनुसार पूर्वी तराईका एकरदुई ठाउँमा अहिले कुहिरो लागेको छ तर बिस्तारै कुहिरो हटेर घाम लाग्ने सम्भावना छ । अबको दुई/तीन दिनसम्म मौसम बद्ली हुने सम्भावना नरहेको पनि उनले जानकारी दिइन् ।
देशका धेरै ठाउँमा दिउँसोको समयमा गर्मी बढे पनि बिहान बेलुका भने चिसो छ । अब बिस्तारै चिसो हट्दै जाने छ । आइतबार काठमाडौंको न्यूनतम तापक्रम ६ दशमलव १ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0