काठमाडौं, ९ फागुन : निर्वाचन आयोगले मतदाता नामावली अध्यावधिक गर्ने काम फागुन तेस्रो हप्ताभित्र सम्पन्न गर्ने तयारी गरेको छ । बैशाखमा तोकिएको मध्यावधि चुनावका लागि यही फागुन तेस्रो हप्ताभित्र नामावली अध्यावधिक गर्ने काम सम्पन्न गर्ने काम भइरहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।आयोगले चुनावको तयारीअनुसार अहिले तयार भएको निर्वाचन आचारसंहिताबारे राजनीतिक दलहरुसँग परामर्शको काम गरिरहेको छ । राजनीतिक दलहरुले चुनाव प्रचारप्रसारका सामग्री सार्वजनिक ठाउँ र घरमा राख्ने/नराख्ने, निर्वाचन खर्चलगायतबारे सुझाव दिएका र त्यसबारे आयोगले थप अध्ययन गरेर स्वीकृत गर्ने प्रवक्ता श्रेष्ठको भनाइ छ ।आयोगले सुझावलाईसमेत समेटेर स्वीकृत गरेपछि आचारसंहिता लागू हुनेछ । आयोगले चुनावका लागि आवश्यक सामग्री खरिदका लागि प्रक्रिया अघि बढाउने तयारी गरेको छ । केही दिनमै बोलपत्र आह्वान गर्ने तयारी भइरहेको आयोगले जनाएको छ । आयोगले निर्वाचन निर्देशिका बनाउने काम पनि गरिरहेको र त्यसका लागि अध्ययनको काम भइरहेको जानकारी गराएको छ ।

यसैबीच, चुनावअघि नै नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद समाधान गर्नुपर्ने भएकाले आयोगले छिट्टै नेकपाको विवाद टुङ्ग्याउने गरी काम गरिरहेको प्रवक्ता श्रेष्ठले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बैशाख १७ र २७ गते मध्यावधि चुनाव गर्ने मिति तोक्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित छन् ।प्रचण्ड-नेपाल समूह कुनै पनि हालतमा संसद पुनःस्थापना हुनुपर्ने पक्षमा छ भने प्रधानमन्त्री ओली समूह चुनावमा गएर ताजा जनादेश लिएर आउनुपर्ने अडानमा छ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सकिएको छ । प्रतिनिधिसभा पुनःस्थापना हुने या नहुने भन्नेबारेको फैसला केही दिनभित्रै गर्ने सर्वोच्चको तयारी छ ।

 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *