कोरोनाविरुद्धको खोप अभियानमा नेपाल अन्य देशभन्दा अगाडि

२०७७ फाल्गुन १०, सोमबार ११:३६ गते २०७७ फाल्गुन १०, सोमबार ११:३६ गते २०७७ फाल्गुन १०, सोमबार ११:३६ गते
A nurse holds a phial of the Pfizer-BioNTech COVID-19 vaccine at Guy's Hospital in London, Tuesday, Dec. 8, 2020, as the U.K. health authorities rolled out a national mass vaccination program. Photo: AP

काठमाडौं, फागुन १० : विश्वका १ सय ३० राष्ट्रले आफ्ना नागरिकलाई अहिलेसम्म एक डोज पनि खोप दिन सकेका छैनन्। यस्तो अवस्थामा कोरोनाविरुद्धको खोप अभियानमा नेपाल भने निकै अगाडि देखिएको छ। दक्षिण एसियाली राष्ट्रमध्ये खोप अभियान सुरु गर्नेमा नेपाल पनि परेको छ। दक्षिण एसियामा अहिलेसम्म नेपालसहित बंगलादेश, भारत र श्रीलंकाले खोप अभियान सुरु गरेका छन्। पाकिस्तान, भुटान र अफगानिस्तानमा खोप अभियान सुरु हुन सकेको छैन।नेपालमा सरकारको तयारी र भारत सरकारको सहयोगका कारण खोप अभियान छिटै सुरु हुन सकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठ बताउँछन्। ‘मुख्य कुरा, हाम्रो तीव्र तयारी नै हो, जसका कारण खोप अभियान समयमै चलाउन सफल भयौं’, उनले भने।

पहिलो चरणमा नेपालले भारतबाट २० लाख डोज खोप खरिद गरिसकेको छ। त्यसमध्ये १० लाख डोज आइतबार नेपाल आइसकेको छ भने थप १० लाख डोज दुई साताभित्र नेपाल आइपुग्ने कोभिड १९ विरुद्धको खोप अभियानका संयोजक डा. श्यामराज उपे्रतीले बताए।नेपालले कोभ्याक्सले दिने २० प्रतिशत खोप आउनुअघि नै एक प्रतिशत जनसंख्यालाई खोप दिने स्थिति देखिएको छ। ‘हामीले कोभ्याक्सले दिने खोप आउनुअघि नै एक प्रतिशत जनसंख्यालाई खोप लगाउन सक्षम हुन भयौं।यो अन्य देशको तुलनामा राम्रो प्रगति हो’, डा. उप्रेतीले भने।सरकारको आफ्नै व्यवस्थापकीय तयारीका कारण कोभिडविरुद्ध खोप अभियानमा नेपाल विश्वका थुप्रै धनी तथा विकसित देशभन्दा अघि आउन सफल भएको उनले बताए।

नेपालले खोप किन्न सुरुमै बजेट तयारी अवस्थामा राख्नु, छिमेकी राष्ट्रहरूसँग पहल गर्नु, खोप उत्पादक कम्पनीसित पहल गर्न सफल हुनुलगायतले अभियान प्रभावकारी ढंगले सुरु भएको उनको भनाइ छ। ‘सीधै खोप किन्न बाधा बनेको कानुनी बाटो खोल्ने, बजेट निकासा गर्नेजस्ता काममा हामीले एकपछि अर्को निर्णय छिटोछिटो गर्दै गयौं’, उनले भने।नेपालले कोभिड १९ विरुद्धको खोप खरिदका लागि ४८ अर्ब बजेट तयारी अवस्थामा राखेको छ। यसमध्येबाट भारतबाट करिब ९३ करोडको खोप खरिद गरिसकिएको छ। नेपाल सरकारले असारअघि नै २० प्रतिशत जनसंख्यालाई खोप लगाउने योजना बनाएको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *