जलहरी फेर्दा ज्योतिर्लिंग चोइटिने खतरा पशुपतिनाथमा

२०७७ फाल्गुन १०, सोमबार ११:५२ गते २०७७ फाल्गुन १०, सोमबार ११:५२ गते २०७७ फाल्गुन १०, सोमबार ११:५२ गते

काठमाडौं, १० फागुन : केही वर्षअघि तल्लो भागमा रहेको जलहरी फेर्ने क्रममा पशुपतिनाथको ज्योतिर्लिंगको केही भाग चोइटियो । त्यतिमात्र होइन, पशुपतिका भण्डारी केदार भण्डारीको औँलामा चोटसमेत लाग्यो । पूजा सामग्री ज्योतिर्लंगसम्म लैजान नपाए पनि छेउछाउसम्म भण्डारीले सहयोग गर्छन् । पशुपतिनाथको ज्योतिर्लिंग चार जना पुजारीबाहेक अरुले छुन पाउँदैनन् ।

‘पहिला पनि चोइटिएको थियो, चाँदीको जलहरुी फेर्दा,’ केदारले भने, ‘१०८ किलो वजनको जलहरी राख्दा त झनै ज्योतिर्लंगमा दबाब पर्न सक्छ ।’ जलहरीमा अहिले मोरिएको चाँदीलाई नचलाई त्यसमाथि सुनले छोप्ने कोषले बताएको छ । त्यसरी राख्न १ सय ८ भण्डारीमध्ये केहीले सहमति पनि दिएका थिए ।तर, अहिले कोषले चाँदीको झिकेरै सुनको राख्ने तयारी गरेपछि भण्डारी आक्रोशित छन् । ‘म कुनै हालतमा चाँदीको झिकेर सुन राख्न दिन्नँ,’ ज्योतिर्लिंगमा क्षति पुग्यो भने कसले लिन्छ जिम्मेवारी ? यो संवेदनशील ठाउँ हो तर यहाँ हचुवामा काम भइरहेको छ ।’

 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *