काठमाडौं: पेप्सीकोलामा बसको ठक्करबाट सोमबार एक वृद्धको मृत्यु भएको छ ।मृत्यु हुनेमा खोटाङको दिक्तेल मझुवागढी गाउँपालिका–९ घर भएका ७४ वर्षीय कृष्णबहादुर श्रेष्ठ रहेका छन् । मूलपानीबाट रत्नपार्कतर्फ छुटेको बा ३ ख ९६६१ नम्बरको बसले बाटो काट्ने क्रममा बिहान सवा १० बजे श्रेष्ठलाई ठक्कर दिएको हो ।
बसको ठक्करबाट घाइते भएका उनको उपचारक क्रममा मदरल्याण्ड अस्पताल पेप्सीकोलामा मृत्यु भएको हो । बससहित चालकलाई प्रहरी विभाग काडाघारीले नियन्त्रणमा लिएको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0