वार्ताका लागि ‘विप्लव’ तयार, सरकारले प्रतिबन्ध हटाउने

२०७७ फाल्गुन १०, सोमबार १६:५७ गते २०७७ फाल्गुन १०, सोमबार १६:५७ गते २०७७ फाल्गुन १०, सोमबार १६:५७ गते

काठमाडौं, १० फागुन : सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सरकारसँग वार्ताका लागि तयार भएको छ । सरकारले सो समूहमाथि लगाएको प्रतिबन्ध हटाउने आश्वासन दिएपछि विप्लव नेतृत्वमा रहेको समूह सरकारसँग वार्ताका लागि तयार भएको हो ।नेकपाका महासचिव ‘विप्लव’ले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै वार्ता र संवादका लागि आफ्नो समूह सकारात्मक रहेको सन्देश दिएका हुन् । ‘आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग संवाद र वार्ताका लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँछौं ।’

महासचिव विप्लवद्वारा शनिबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ । शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाले समेत विराटनगरमा आयोजित पार्टीको सभामा विप्लव समूहलाई राजनीतिको मूलधारमा ल्याउन सरकार तयार रहेको अभिव्यक्ति दिएका थिए ।प्रधानमन्त्री र गृहमन्त्रीको सो अभिव्यक्ति आएकै दिन विप्लवबाट समेत वार्ताका लागितयार भन्दै विज्ञप्ति आउनुलाई सकरात्मक रूपमा लिइएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वार्ताका लागि विप्लव समूह तयार रहेको सन्देश आउनु सकरात्मक भएको बताए ।

उनले सरकारले समग्र स्थितिको आँकलन गरिरहेको र विप्लव समूहले वार्ताका लागि इमानदारिता देखाए सरकार प्रतिबन्ध हटाउन तयार रहेको जानकारी दिए । ‘वार्ताका लागि तयार रहेको सन्देश आउनु सकरात्मक छ, सरकार वार्तामार्फत नै समस्याको समाधान होस् भन्ने चाहन्छ, सरकारले समग्र स्थितिको आँकलन गरिरहेको छ, विप्लव समूहले वार्ताका लागि इमानदारिता देखाए सरकार प्रतिबन्ध हटाउन तयार छ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने ।विप्लवले भने ‘आफूहरूको क्रान्ति राष्ट्र, समाज, अग्रगामी रूपान्तरण एवं जनताको हित र अधिकारका लागि गरिएको सचेत पहल भएको’ विज्ञप्तिमा उल्लेख गरेको छ । – राजधानी दैनिक

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *