रानीमहलमा होटल बनाउने प्रस्तावको चौतर्फी विरोध

२०७७ फाल्गुन ११, मंगलवार ११:२५ गते २०७७ फाल्गुन ११, मंगलवार ११:२५ गते २०७७ फाल्गुन ११, मंगलवार ११:२५ गते

काठमाडौं , फागुन ११ : नेपालको ताजमहल भनेर चिनिने अमर प्रेमको निसानी पाल्पा कालीगण्डकी किनारामा अवस्थित रानीमहलको विषयलाई लिएर पछिल्लो समय चर्काे बहस र चर्चा हुन थालेको छ ।हालैका दिनमा पर्यटकीय गतिविधि सो क्षेत्रमा बढेको र पाल्पा मात्र नभई समग्र राष्ट्रकै पहिचानसँग जोडिएको ऐतिहासिक र पुरातात्विक सम्पदाको प्रयोगका सम्बन्धमा नेपाल पर्यटन बोर्डले हेरिटेज होटल बनाउन सरकारलार्ई प्रस्ताव गरेपछि स्थानीय सरोकारवालाले बहस अघि बढाउनुका साथै यसको विरोधसमेत गरेका हुन् ।नेपाल पर्यटन बोर्डले रानीमहलको उपयोग, संरक्षण र पर्यटन विस्तारका लागि हेरिटेज होटल, म्युजियम, कालीगण्डकीमा ¥याफ्टिङ, गण्डकीको किनारमा टेन्ट क्याम्प बनाउन सकिने गरी यसलाई व्यावसायिक ढंगले समेत उपयोग गर्ने गरी सरकारसमक्ष प्रस्ताव गरेको बताइएको छ |

पर्यटन बोर्डको यो प्रस्तावसँगै पाल्पाली समुदायले यसको विरोध जनाएका हुन् ।उनीहरुको भनाइमा ऐतिहासिक तथा पुरातात्विक सम्पदामाथि हस्तक्षेप हुन लागेकाले यसको विरोध गर्नु पर्दछ किनकि यो ऐतिहासिक धरोहर हो ।तत्कालीन पाल्पा गांैडाका तैनाथवाला खड्ग शमशेरले पत्नी तेजकुमारीको मृत्युपछि विसं १९५४ मा रानीमहल निर्माण गराएका हुन् । पहिले यो पुरातत्व विभागको अधीनमा रहेकोमा विभागले २०७५ साउनमा रानीमहल व्यवस्थापन र संरक्षणका लागि तानसेन नगरपालिकालाई हस्तान्तरण गरेको थियो , यो समाचार आजको नेपाल समाचारपत्रमा छ|

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *