हिजो स्थिर सुनको मूल्य आज ११ सयले बढ्यो, कारोबार कतिमा ?

२०७७ फाल्गुन ११, मंगलवार १४:३१ गते २०७७ फाल्गुन ११, मंगलवार १४:३१ गते २०७७ फाल्गुन ११, मंगलवार १४:३१ गते

काठमाडौं, ११ फागुन : मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा ११ सय रुपैयाँले बढेर मंगलबार ९० हजार एक सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।अघिल्लो हप्ताको अन्तिम दिन मूल्य घटेर तोलामा ८८ हजार २ सय रुपैयाँमा झरेको सुनको मूल्य यो हप्ता लागेदेखि फेरि बढ्न थालेको छ । आइतबार तोलामा ८ सयले बढेर ८९ हजार रुपैयाँमा पुगेको सुनको मूल्य सोमबार भने स्थिर थियो ।

तर, मंगलबार फेरि तोलामा ११ सय रुपैयाँले बढेको हो ।यस्तै महासङ्घका अनुसार तेजाबी सुन तोलामा ८९ हजार ६५० रुपैयाँमा कारोबार भएको छ । त्यसैगरी मंगलबार चाँदीको पनि मूल्य बढेको छ । मंगलबार चाँदी तोलामा २५ रुपैयाँले बढेर १३ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी तोलामा १३ सय ३५ रुपैयाँ थियो ।

 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *