महान्यायाधिवक्ता खरेलद्वारा आफूले राजीनामा नदिएको स्पष्ट

२०७७ फाल्गुन ११, मंगलवार १४:३८ गते २०७७ फाल्गुन ११, मंगलवार १४:३८ गते २०७७ फाल्गुन ११, मंगलवार १४:३८ गते

काठमाडौं, ११ फागुन : महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफूले राजीनामा नदिएको प्रष्ट पारेका छन् । राजीनामा दिएको हल्ला आएपछि महान्यायाधिवक्ता खरेलले आफूले राजीनामा नदिएको र दिनुपर्ने परिस्थिति पनि नरहेको बताएका हुन् । उनले आफू राजीनामा दिने सोचमा समेत नरहेको समेत बताएका छन् ।उनले भने ‘अहिले महान्यायाधिवक्ताले राजीनामा दिने परिस्थिति पनि होइन, राजीनामा दिएको पनि होइन, राजीनामा दिने सोच पनि छैन ।’ आफूले प्रेस स्वतन्त्रताको बारेमा सधै अगाडि रहेर आवाज उठाइ राखेको तर आफ्नो राजीनामाको बारेमा एक पटकसमेत नसोधिकन समाचार आउँदा दुःख लागेको बताए ।

उनले भने ‘जिम्मेवार प्रेसले कुनै पनि विषयलाई महान्यायाधिवक्ताले राजीनामा गर्नुभएको छ भन्ने जस्तो गम्भीर विषयलाई अगाडि राख्दा महान्यायाधिवक्तासँग नसोधिकन राखिने कुराप्रति मेरो गम्भीर चासो, सरोकार छ र यसप्रति म दुःख व्यक्त गर्छु ।’महान्यायाधिवक्ताले राजीनामा गर्यो भन्ने विषय आउँदा मिडियाले आफूलाई एकपटक पनि नसोधिकनै समाचार सम्प्रेषण गरेको उनले बताए । अहिलेको परिस्थितिलाई आफू अनुकूल बनाउन चाहानेहरुबाट यस्तो हल्ला आएको पनि महान्यायाधिवक्ता खरेलले बताए ।

उनले भने ‘अहिलेको परिस्थितिलाई आफू अनुकूल बनाउने पनि कसैको कोशिस हुनसक्छ । प्रतिकूलतालाई अनुकूलतामा बदल्ने कोशिस पनि हुनसक्छ । सरकारको लडाइलाई कमजोर बनाउन पनि हुनसक्छ ।’आफूले अदालतमा गरेको बहसप्रति प्रधानमन्त्री सन्तुष्ट रहेको उल्लेख गर्दै मिडियामा आएका विभिन्न हल्ला निराधार रहेको पनि स्पष्ट पारे । प्रधानमन्त्रीले असन्तुष्टि जायर गरेको भन्ने कुरा कतै स्रोत नखुलेको भनेर मिडियामा आएको पाइएको उनले बताए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *