सञ्चारकर्मी लामिछानेद्वारा नयाँ यात्राको शुरुवात, कुन शैलीमा आउँदैछ सिधा कुरा…?

२०७७ फाल्गुन ११, मंगलवार १६:५२ गते २०७७ फाल्गुन ११, मंगलवार १६:५२ गते २०७७ फाल्गुन ११, मंगलवार १६:५२ गते

काठमाडौं, ११ फागुन : सञ्चारकर्मी रवि लामिछाने लगायतको टिमले नयाँ टेलिभिजन च्यानल ल्याएका छन् । गोरखा मिडिया नेटवर्क प्रालि अन्तर्गत ‘ग्यालेक्सी फोरके’ टिभी नामको नयाँ टेलिभिजन च्यानलमा लामिछाने म्यानेजिङ डाइरेक्टर रहेका छन् ।काठमाडौंमा मंगलबार एक कार्यक्रम गरी लामिछानेले नेपालमा थप एक सञ्चार माध्यम थप भएको बताए । नेपालमा पहिलो फोरके टिभी आफूहरूले ल्याएको लामिछानेले बताए । सञ्चारकर्मी लामिछानेले सिधा कुरा.. ग्यालेक्सी फोरके सार्वजनिक गर्दै नयाँ कार्यक्रम सार्वजनिक गरेका हुन् ।आफूले सिधा कुरा प्रधानमन्त्रीसँगबाट शुरु गर्दै सिधा कुरा जनतासँग पुगेको भन्दै उनले अब सिधा कुरा राखिएको र आवश्यकता अनुसार यसलाई पूर्णता दिने बताए । त्यस्तै उनले ‘द लिडर’ कार्यक्रम पनि सञ्चालन गर्ने छन् । यो कार्यक्रमका लागि केही समय प्रतिक्षा गर्नुपर्ने बताए|

‘सिधा कुरा…’को पछाडि केही शब्द जोडेर नयाँ कार्यक्रम ल्याउने तयारी गरिएको जनाइएको छ ।जनताका आवाजलाई प्राथमिकता दिने र मनोरञ्जनात्मक कार्यक्रम दिन टेलिभिजन ल्याइएको उनको भनाई छ । यो टेलिभिजन सञ्चालक कम्पनी गोर्खा मिडिया नेटवर्क प्रालि ग्यालेक्सी फोरके’ को अध्यक्षमा जेबी राई छन् । उपाध्यक्षमा छबिलाल बन्जाडे जोशी र निर्देशकमा शम्भु गुरागाईँ रहेका छन् ।टिभीको क्रिएटिभ निर्देशकमा विवेक आचार्य रहेका छन् ।‘

ग्यालेक्सी फोरके’ नामको टेलिभिजनमा विभिन्न कार्यक्रमहरुको सार्वजनिक गरिएको छ । जसमा केही फ्रेन्चाइ कार्यक्रमहरु रहेका छन् । भारतीय टेलिभिजनमा चर्चामा रहेको क्राइम पेट्रोल नेपालीमा आउने भएको छ । उक्त कार्यक्रम हास्यकलाकार तथा अभिनेता दिपकराज गिरीले सञ्चालन गर्ने छन् ।त्यस्तै टेलिभिजनले रामायण प्रसारण गर्ने छ जुन नेपालीमा हुने जनाइएको छ ।राजेश हमालले को बन्छ करोडपति कार्यक्रम सञ्चालन गर्नेछन् भने इन्दिरा जोशी, कालीप्रसाद बाँस्कोटा लगायत सारेगमपा लिटिल च्याम्पमा देखिने छन् । रमेश प्रसाईले लालमोहर लिएर आउने छन् भने महाविर पुनले पनि एउटा कार्यक्रम सञ्चालन गर्ने छन् ।त्यस्तै पत्रकार विजय कुमारले सम्बन्ध नामक कार्यक्रम सञ्चालन गर्ने छन् । उक्त टेलिभिजन आगामी बैशाखसम्ममा लञ्च गर्ने तयारी रहेको जनाइएको छ । ग्यालेक्सी फोरकेमा क्राइम पेट्रोल नेपाल, को बन्छ करोडपति, रामायण, सारेगम, लाल मोहर, सिधा कुरा…, आविष्कारलगायत कार्यक्रम आउने भएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *