आज सुनचाँदीको मूल्य घट्यो, जान्नुहोस कारोबार कतिमा ?

२०७७ फाल्गुन १२, बुधबार १३:३३ गते २०७७ फाल्गुन १२, बुधबार १३:३३ गते २०७७ फाल्गुन १२, बुधबार १३:३३ गते

काठमाडौं, १२ फागुन : सुनको मूल्य बुधबार तोलामा तीन सय रुपैयाँले ओरालो लागेको छ । तोलामा नै एक हजार एक सय रुपैयाँले मंगलबार उकालो लागेको सुन बुधबार भने झिनो अङ्कका साथ ओरालो लागेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा ८९ हजार ८०० रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । सुन मंगलबार तोलामा रु ९० हजार १०० मा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन तोलामा ८९ हजार ३५० रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । तेजाबी सुन मंगलबार तोलामा ८९ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी चाँदी बुधबार तोलामा १५ रुपैयाँले घटेको छ । एक हजार ३६० रुपैयाँमा मंगलबार कारोबार भएको चाँदी बुधबार भने एक हजार ३४५ रुपैयाँ मूल्य निर्धारण भएको हो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *