देशभरको मौसम आज कहाँ कस्तो रहन्छ?

२०७७ फाल्गुन १३, बिहीबार ११:४८ गते २०७७ फाल्गुन १३, बिहीबार ११:४८ गते २०७७ फाल्गुन १३, बिहीबार ११:४८ गते
People walk during heavy rain in Shimla on Saturday. Express Photo by Lalit Kumar. 12.03.2016. *** Local Caption *** People walk during heavy rain in Shimla on Saturday. Express Photo by Lalit Kumar. 12.03.2016.

काठमाडौं, फागुन १३ : पहाडी क्षेत्रका विभिन्न स्थानमा आंशिक बदली भए पनि बिहीबार देशका अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले पहाडी क्षेत्रमा आंशिक बदली हुने भएको हो ।अहिले प्रदेश १, बागमति प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा छ । तराईका केही स्थानहरुमा हुस्सु–कुहिरो लागेको छ ।बिहीबार दिउँसो प्रदेश १, बागमति प्रदेश र गण्डकी प्रदेशका आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति प्रदेश १, बागमति प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।यसैबिच देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको संभावना साथै प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *