एनआरएनए उद्धार कोषमा अनियमितता

२०७७ फाल्गुन १३, बिहीबार १३:०२ गते २०७७ फाल्गुन १३, बिहीबार १३:०२ गते २०७७ फाल्गुन १३, बिहीबार १३:०२ गते

काठमाडौं, फागुन १३ : गैरआवासीय नेपाली संघले मध्यपूर्वका केही राष्ट्रमा रोजगारीमा रहँदा असजिलोमा पर्ने व्यक्तिको उद्धारको लागि अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को सहयोगमा स्थापना गरेको उद्धार कोषमा व्यापक अनियमितता भएको सम्बद्ध पक्षहरुको आरोप छ ।प्रभावित देशहरुमा रहेका गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी तथा सदस्य तथा सम्बन्धित देशका राष्ट्रिय समन्वय परिषद्लाई समेत जानकारी नदिइ कोषको रकम खर्च भएको खुलासा भएपछि अनियमितता दाबी गरिएको हो ।

अनियमितताका सम्बन्धमा एनआरएनए मध्यपूर्व संयोजक प्रवीण गुरुङ र उपसंयोजक मनोज गोरखालीले संघका अध्यक्ष कुमार पन्तसहित अन्तर्राष्ट्रिय परिषद्को ध्यानाकर्षण गराएका छन्।यूएई, साउदी अरब, कतार, बहराइन, कुवेत, ओमान र एसिया क्षेत्रको राष्ट्र मलेसियामा अप्ठ्यारोमा परेका नेपाली श्रमिकहरुको उद्धारको निम्ति अन्तर्राष्ट्रिय श्रम संगठनबाट प्राप्त करोड रुपियाँको उद्धार कोष स्थापना गरिएको हो । यो कोषको नेतृत्व डा. बद्री केसीले गरेका छन् । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *