गौरिका सिंह र मन्देकाजी श्रेष्ठले जिते एनएनआईपीए अवार्ड

२०७७ फाल्गुन १३, बिहीबार १३:२० गते २०७७ फाल्गुन १३, बिहीबार १३:२० गते २०७७ फाल्गुन १३, बिहीबार १३:२० गते

काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पौडितर्फ नेपाललाई चार स्वर्ण पदक दिलाएकी गौरिका सिंह तथा करातेमा दुई स्वर्ण दिलाएका मन्देकाजी श्रेष्ठ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले प्रदान गर्ने अवार्डका सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् ।भक्तपुरको मध्यपुर ठिमीमा आयोजना भएको कार्यक्रममा एनएनआईपीएले सागमा गरेको प्रर्दशनको आधारमा गौरिका र मन्देकाजीलाई सर्वोत्कृष्ट खेलाडी घोषणा गरेको हो । गौरिका र मन्देले ग्लोबल आईएमई बैंकबाट प्रायोजित समान १ लाख रुपैयाँ प्राप्त गरे ।

यस्तै एनएनआईपीएले तेक्वान्दोकी आयशा शाक्य र फुटबलका सुजल श्रेष्ठलाई एनएनआईपीए स्पोर्टस अवार्ड अन्तर्गत प्रतिभावान खेलाडीको अवार्ड प्रदान गर्दा गल्फका सुवास तामाङ र कुस्तीकी संगिता धामी एनएनआईपीए स्पोर्टस अवार्ड अन्तर्गत उदयीमान खेलाडी चुनिएर पुरस्कार थापे ।आयशा र सुजलले यूएसए एभरेष्ट तेक्वान्दोले प्रोजना गरेको समान ५० हजार रुपैयाँ प्राप्त गरे । पहिलो पटक समावेश गरिएको विधामा चुनिएका उदीयमान खेलाडी सुवास र संगिताले स्काई फिटबाट प्रायोजित समान ५० हजार रुपैयाँ प्राप्त गरे ।

यस्तै १५ औं सस्करण अवार्डमा अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकका समाचार संयोजक रोशन सिंह राउतलाई संघले एनएनआईपीए पत्रकारिता सम्मानबाट पुरस्कृत गरेको छ । राउतले सम्मान पत्रसहित २५ हजार रुपैयाँ प्राप्त गरे । विगतका वर्षहरुमा झैं करातेका वरिष्ठ प्रशिक्षक अकबर शाहलाई संघले गजराज जोशी आदर्श खेल व्यक्तित्वबाट सम्मान गरेको छ ।सन् १९९९ मा स्वदेशमा आयोजना भएको आठौँ सागका करातेका मुख्य प्रशिक्षक रहेका शाहले पटक पटक राष्ट्रिय कराते टोलीको सम्हालेका थिए । सागमा पहिलो पटक प्रवेश पाएको करातेले शाहको नेतृत्वमा १४ स्वर्ण पदक जित्दै इतिहास राखेको थियो ।

शाह १९९४ को १२ औं वल्र्ड च्याम्पियनसिप, १९९७ मा मनिलामा भएको करातेको छैटौँ विश्वकप, १९९८ बैंकक एशियन गेम्स, कोरियामा भएको १४ औं र १७ औँ एसियाली खेलकुद र हङकङमा १२ औँ एपीएसके च्याम्पियनसिपमा नेपाली टोलीको प्रशिक्षक थिए ।अघिल्लो वर्ष नेपालमा सम्पन्न साग खेलमा सहभागिता जनाएका २६ खेलका उत्कृष्ट खेलाडी पनि अवार्ड कार्यक्रममा पुरस्कृत भएका थिए । मध्यपुर थिमीको दुई पोखरीमा आयोजना भएको अवार्डमा २६ खेलका उत्कृष्ट खेलाडी नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *