गायिका अन्जु पन्तले गरिन् बिहे

२०७७ फाल्गुन १३, बिहीबार १५:२३ गते २०७७ फाल्गुन १३, बिहीबार १५:२३ गते २०७७ फाल्गुन १३, बिहीबार १५:२३ गते

काठमाडौं, फागुन १३ : गायिका अञ्जु पन्तले थीर कोइरालासँग विवाह गरेकी छिन्। उनले इलामका थीर कोइरालासँग बुधबार विवाह गरेकी हुन्। बुधबार दिउँसो पाटन चर्चमा वैवाहिक कार्यक्रम सम्पन्न भएको थीर कोइरालाले जानकारी दिए।उनले भने, ‘तीन वर्षभन्दा लामो निकटता थियो। पोहोरको भ्यालेन्टाइन्स डेदेखि प्रेममा थियौं। अब औपचारिक रुपमै जीवनसाथी बनेका छौं।’ उनले आज दुबै पक्षका परिवारका सदस्य र केही नजिकका आफन्तजनमाझ वैवाहिक कार्यक्रम सम्पन्न भएको जानकारी दिए।

गायिका अन्जुले थीरसँग आफ्नो तस्बिर फेसबुकमा पोस्ट गर्दै लेखेकी छन्, ‘धेरै माया।’ एक अर्कासँग निकट अन्जु र थीरले गत माघ तेस्रो साता आफ्नो सम्बन्ध सार्वजनिक गर्दै चाँडै विवाह गर्ने बताएका थिए।गायिका पन्तले भनेकी थिइन्, ‘बिहेपछि नयाँ अध्याय सुरु हुनेछ।’ थीरले भने, ‘नयाँ अध्याय सुरू भयो। हामी अत्यन्तै खुसी छौं। हाम्रा शुभचिन्तकहरुलाई दुवै जनाको तर्फबाट धेरै धन्यवाद!’ थीरले ठूलो भोज आयोजना नगरिए पनि केही आफन्तमाझ चाँडै बिहेको ‘सेलिब्रेसन’ गर्ने बताएका छन्। उनले भने, ‘त्यसबाहेक केही अनाथालयका मान्छेहरुलाई सहयोग गरी हाम्रो बिहेको खुसी साट्ने छौं।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *