शेयर बजार ४५ अङ्कले घट्यो, निफ्राको ९० करोड रुपैयाँको कारोबार

२०७७ फाल्गुन १३, बिहीबार १६:१९ गते २०७७ फाल्गुन १३, बिहीबार १६:१९ गते २०७७ फाल्गुन १३, बिहीबार १६:१९ गते

काठमाण्डाै, फागुन १३; हप्ताको अन्तिम दिन बिहीवार शेयर बजार झण्डै ४५ अङ्कले घटेको छ । सबै समूहको शेयर ओरालो लागेपछि नेप्से ४४ दशमलव ९४ अङ्कले घटेर २५ सय ५४ दशमलव १४ विन्दुमा झरेको हो ।बिहीवार बैंकिङ समूहको शेयर साढे ३७ अङ्कले, व्यापारको ५५, होटलको १७, विकास बैंकको ४७, जलविद्युतको २७, फाइनान्सको २५, उत्पादनको ७२, अन्यको ३६, माइक्रोफाइनान्सको ६०, जीवन बीमाको दुई सय ९९ र निर्जीवन बीमा समूहको शेयर एक सय ७६ अङ्कले घटेको छ ।

बिहीवार दुई सय ६ कम्पनीका एक करोड ५८ लाख ५६ हजार कित्ता शेयर ६ अर्ब नौ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भए । सबैभन्दा धेरै निफ्राको ९० करोड ३५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।श्री इन्भेस्टमेन्ट फाइनान्स र आईएमई जनरल इन्स्योरेन्सका लगानीकर्ताले पाँच प्रतिशतभन्दा धेरै गुमाएका छन् । समग्र बजार घटे पनि बिहीवार चन्द्रागिरि हिल्सका लगानीकर्ताले नौ प्रतिशतभन्दा धेरै कमाएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *