युथ चेम्बरद्वारा चेम्बरको ७० औ वार्षिक उत्सवको अवसरमा निबन्ध तथा चित्रकला प्रतियोगिता आयोजना

२०७७ फाल्गुन १४, शुक्रबार ११:२१ गते २०७७ फाल्गुन १४, शुक्रबार ११:२१ गते २०७७ फाल्गुन १४, शुक्रबार ११:२१ गते

काठमाण्डौ। नेपाल चेम्बर अफ कमर्सको ७० औ वार्षिक उत्सवको अवसरमा नेपाल युथ चेम्वरले निवन्ध तथा चित्रकला प्रतियोगिता आयोजना गरेको छ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीको प्रमूख आतिथ्यतामा सम्पन्न उक्त प्रतियोगितामा प्रथम,द्धितीय तथा तृतीय हुने प्रतियोगीहरुलाइ पुरस्कार प्रदान गर्दै प्रहरी महानिरीक्षक थापाले युवाहरुबाट सृजित चित्रकलाहरु अवलोकन गर्दा नयां पुस्तामा वढि जिम्मेवारी, दुरदर्शीता तथा परिपक्वता झल्किएको महशुस गरेको बताए । प्रतियोगीहरुमा उच्चकोटीको कलाकारमा हुने गुण रहेको र कलाकारहरुबाट प्रस्तुत ल्याण्डस्केप, रंगको संयोजनहरुबाट आफुले नबिन ज्ञान पाएको बताए ।

यस प्रकारको कार्यक्रम संयोजन गरेकोमा चेम्वरलाइ धन्यबाद ज्ञापन गर्दै मुलुककको समृद्धिको लागि चेम्वरले थप योगदान दिने बिश्वास व्यक्त गरे । सो अवसरमा आमन्त्रित सहभागीहरुलाइ स्वागत गर्दै नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले कलाकारहरुबाट सृजित कलाकृतिहरुलाइ अवलोकन गरी यसलाइ मनन गरी दिन आग्रह गरे । कलाकृतिहरुमा ७० वर्ष अघिको व्यापार प्रणाली तथा ३० वर्ष पछिको व्यापार प्रणालीको तुलनात्मक रुपमा प्रतिबिम्वित भएको बताए। नेपाल युथ चेम्वरका उपाध्यक्ष श्नेहा श्रेष्ठ अमात्यले नेपाल युथ चेम्वरको भूमिकाबारे उल्लेख गर्दै कार्यक्रमले युवाहरुमा निहित प्रतिभाको उजागर गरी प्रोत्साहन गर्ने रहेको बताइन् । सोही अवसर माझ प्रतियोगीहरुलाई पुरस्कार वितरण गरियो । चित्रकला प्रतियोगितामा ’आजको ३० वर्ष पछिको समृद्ध नेपाल’ शिर्षकमा बिवेक लामा, टासी सलाका शेर्पा तथा सोनाम घो क्रमशः प्रथम,द्धितीय तथा तृतीय स्थान हासिल गर्न सफल हुँदै पुरस्कृत भए ।

यसै गरी ‘७० वर्ष अघिको नेपाली व्यवसाय’ शिर्षकमा कृष्णभक्त डंगोल, रुवी महर्जन तथा छोङ लामा क्रमशः प्रथम,द्धितीय तथा तृतीय स्थान हासिल गर्दै पुरस्कृत भए । निबन्ध प्रतियोगितामा दीपक अधिकारी, दिपेन्द्र अधिकारी रवी कुमार वरुवाल क्रमशः प्रथम द्धितीय तथा तुतीय स्थान हासिल गरि पुरस्कृत बने । त्यसैगरि, चतुर्थ तथा पांचौ स्थान हासिल गर्ने बिनिता थापा,सोनाम मोक्तान, एजन आले मगर रामकृष्ण वोगटी तथा अशोक मिश्रलाइ सान्त्वना पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रममा नेपाल युथ चेम्वरका अध्यक्ष दीपेश रत्न तुलाधरले धन्यबाद ज्ञापन गरेका थिए । कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्ष कमलेश कुमार अग्रवाल तथा दीपक मल्होत्रा, महानगरीय प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक उमेश रंजितकार तथा महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रहरी बरिष्ठ उपरीक्षक अशोक सिंहको पनि उपस्थित रहेको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *