बलात्कारीलाई कारबाहीको माग गर्दै कोहलपुरमा प्रदर्शन

२०७७ फाल्गुन १५, शनिबार १८:४८ गते २०७७ फाल्गुन १५, शनिबार १८:४८ गते २०७७ फाल्गुन १५, शनिबार १८:४८ गते

१५ फागुन, कोहलपुर । बलात्कारमा संलग्नलाई तुरुन्त पक्राउ गरी कारबाहीको माग गर्दै शनिबार बाँकेको कोहलपुरमा प्रदर्शन भएको छ । नेपालगञ्जकी एक किशोरीमाथि भएको बलात्कारमा संलग्नलाई लामो समयसम्म पनि पक्राउ गर्न प्रशासन असफल भएको भन्दै राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नगर समितिले कोहलपुरमा प्रदर्शन गरेको हो ।

दोषीलाई तत्काल पक्राउ नगरिए आन्दोलनलाई देशव्यापी बनाउने उक्त संगठनकी कोहलपुर नगर समिति अध्यक्ष लक्ष्मीकुमारी हमालले बताइन् । हमालको नेतृत्वमा निस्किएको विरोध र्‍याली इलाका प्रहरी कार्यालय चौराहामा पुगेर कोणसभामा परिणत भएको थियो नेपालगञ्ज उपमहानगरपालिकाकी एक किशोरीमाथि केही दिनअघि बलात्कारपछि हत्या प्रयाससमेत भएको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *