भुकम्पले भत्किएको गौतम बुद्ध माबिको पक्कि भवनको सांसद मोहन आचार्यद्वारा उद्घाटन

२०७७ फाल्गुन १५, शनिबार २०:३३ गते २०७७ फाल्गुन १५, शनिबार २०:३३ गते २०७७ फाल्गुन १५, शनिबार २०:३३ गते

रसुवा, १५ फागुन | रसुवाको नौकुण्ड गाउँपालिका ३ पाच्र्याङ स्थित गौतम बुद्ध माध्यामिक बिद्यालय को पक्कि भवन निर्माण भएको छ । २०७२ बैशाख १२ मा गएको बिनासकारी भुकम्पले भवन भत्किएपछि टहरामा संचालन हुदै आएको थियो । बिद्यालय जापान सरकार र शान्ति भोलिन्टियर एसोसिएसनको आर्थिक तथा प्राविधिक सहयोग एव्म ग्रामीण विकास समाज नेपालको समन्वयमा बिद्यालयको १२ कोठे पक्कि भवन निर्माण सम्पन्न भएको हो ।

नवनिर्मित भवनको शुक्रबार प्रतिनिधिसभा सदस्य मोहन आचार्यले उद्घाटन गर्नुभएको छ । बिद्यालय भवन उद्घाटन गर्दै सांसद आचार्यले अब ग्रामीण क्षेत्रको बिद्यालयहरुलाई क्याम्पस तहमा स्तरोन्नति गर्न आवश्यक पहल गर्ने बताउनुभयो । जनप्रतिनिधिको हैसियतले शिक्षा क्षेत्र मात्र नभएर सडकको बिस्तार, खानेपानी पर्यटन प्रबर्द्धन, कृषि र रोजगारीको क्षेत्रमा समेत आफुले काम गरिरहेको उहाले बताउनुभयो ।
२०७२ सालको महाभुकम्पपछी बिद्यालय टहरामा पठनपाठन भैरहेको थियो । अहिले भुकम्प प्रतिरोधी पक्की भवनमा पठनपाठन गर्न पाउँदा अत्यन्तै खुसी लागेको बिद्यालयका प्रधानाध्यापक सुभद्र लामाले बताए ।४ करोड २२ लाखको लागतमा बिद्यालयको भवन निर्माण सम्पन्न भएको ग्रामीण विकास समाजका अध्यक्ष पदम उप्रेतीले बताउनुभयो । भवन उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य प्रेम तामाङ, नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बु साङ्बो घले, शान्ति भोलेन्टियर एसोसिएसन नेपालका निर्देशक ताकाफुमी मियाके लगायतकोे उपस्थिति थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *