पिएसएलमा रासिद खानको स्थानमा सन्दीप लामिछाने

२०७७ फाल्गुन १५, शनिबार २२:५२ गते २०७७ फाल्गुन १५, शनिबार २२:५२ गते २०७७ फाल्गुन १५, शनिबार २२:५२ गते

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) २०२१ खेल्न शनिबार पाकिस्तान गएका छन्। लाहोर कलन्दर्समा आबद्ध भएसँगै सन्दीप शनिबार कतार एयरवेजबाट दोहा हुँदै पाकिस्तानको कराँची गएका हुन्।

लामिछानेका व्यवस्थापक रमन शिवाकोटीका अनुसार शुक्रबार साँझ मात्र सन्दीपले पिएसएल खेल्ने पक्का भएको थियो लामिछानेलाई राशिद खानको ठाउँमा बाँकी खेल खेलाउने लाहोर कलन्दर्सले निर्णय गरेको हो। रासिदले दुई खेल खेल्दा एक विकेट मात्र लिएको छl जिम्बावेविरुद्धको टेष्ट र टी २० सिरिजका कारण अफगानिस्तानी क्रिकेट खेलाडी खानले पिएसएलको बीचमा नै प्रतियोगिता छोडेका थिए।

उनको स्थानमा लाहोरले सन्दीपलाई छनोट गरेको हो। यसअघि लामिछाने पिएसएलको ड्राफ्टमा सर्वाधिक महँगो प्लाटिनम श्रेणीमा थिए। उक्त ड्राफ्टमा नेपालबाट सन्दीपसहित पूर्वकप्तान पारस खड्का, उपकप्तान दीपेन्द्रसिंह ऐरी, कप्तान ज्ञानेन्द्र मल्ल, करण केसी, कुशल मल्ल, अभिनास बोहोरा, पवन सर्राफ, सुवास खकुरेल र आसिफ शेख समावेश थिए।

तर सबै नेपाली खेलाडी ड्राफ्टबाट टिममा छनोट हुन असफल भएका थिए। लाहोर कलन्दर्सले जारी प्रतियोगितामका तीन खेलमा दुईमा जीत तथा एकमा हार बेहोरेको छ। लाहोर कलन्दर्स लिगको चौथो स्थानमा रहेको छ।

लाहोरले आफ्नो चौथो खेल आइतबार कराँची किङ्ग्ससँग खेल्दैछ। सन्दीपले यसअघि सन् २०१९ मा पनि लाहोरबाट नै खेलेका थिए। सन्दीपले सात खेलमा ११ विकेट लिएका थिए।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *