भागरथी हत्या प्रकरण : दिनेशको डिएनए परीक्षणका लागि काठमाडौं पठाइयो

२०७७ फाल्गुन १६, आईतवार ११:५२ गते २०७७ फाल्गुन १६, आईतवार ११:५२ गते २०७७ फाल्गुन १६, आईतवार ११:५२ गते

बैतडी : दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न रहेको आरोपमा प्रहरी हिरासतमा रहेका दिनेश भट्टको डिएनए परीक्षणका लागि काठमाडौं पठाइएको छ। डिएनए परीक्षणका लागि रगतलगायतका आवश्यक वस्तु राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको हो।

डिएनए परीक्षणबाट अनुसन्धानमा आवश्यक परेका थप कुराको पुष्टि हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। परीक्षण रिपोर्ट केही दिनमै आउने भएको छ। यसअघि भागरथीको भेजाइनल स्वाब पनि प्रयोगशाला पठाइएको थियो। तर, परीक्षण रिपोर्ट भने आएको छैन।

गत माघ २१ गते विद्यालयबाट फर्किएकी भागरथी साँझ घर नपुगेपछि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लवलेक जंगलमा शव फेला परेका थियो। त्यसपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा गत फागुन ५ गते प्रहरीले दिनेशलाई सार्वजनिक गरेको थियो।

तेस्रोपटक म्याद थप: भागरथीको हत्यामा संलग्न दिनेशमाथि अनुसन्धानका जिल्ला अदालतबाट तेस्रोपटक पाँच दिन म्याद थप गरिएको छ। यसअघि फागुन ५ मा पहिलोपटक र फागुन १० मा दोस्रोपटक म्याद थप गरिएको थियो। शुक्रबार तेस्रोपटक अनुमति पाएपछि थप अनुसन्धान काम भइरहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए। अनुसन्धानको फाइल केही दिनमै सरकारी वकिल कार्यालयमा बुझाउने तयारी रहेको छ।

दिनेश नाबालक रहेकाले २१ दिनभित्र हिरासतमा राखेर अनुसन्धान सक्नुपर्ने हुन्छ। सोही अनुसार अनुसन्धान कार्य जारी रहेको हो। दिनेशले यसअघि प्रहरी, सरकारी वकिल कार्यालयमा लिइएको वयानमा आफूले नै भारगथीको बलात्कारपछि हत्या गरेको स्वीकारेका थिए।

जिल्ला अस्पतालमा गरिएको भागरथीको शव परीक्षण रिपोर्टमा पनि बलात्कारपछि हत्या भएको उल्लेख छ। भागरथी दोगडाकेदार गाउँपालिका ३ श्रीकोटस्थित सनातन धर्म माविमा कक्षा १२ र आरोपित दिनेश पनि सोही विद्यालयमा कक्षा ११ मा अध्ययनरत रहेका थिए। दिनेश र भागरथी एउटै गाउँका हुन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *