कांग्रेस नेता जोशीको स्वास्थ्यमा क्रमिक सुधार

२०७७ फाल्गुन १६, आईतवार १५:५५ गते २०७७ फाल्गुन १६, आईतवार १५:५५ गते २०७७ फाल्गुन १६, आईतवार १५:५५ गते

काठमाडौं, १६ फागुन : नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था क्रमिक सुधार हुन थालेको छ । गएको शुक्रबारर बिहान मष्तिष्कघात भइ नर्भिक अस्पतालमा भर्ना भएका नेता जोशीको सघन उपचार कक्ष (आईसीयू) को भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।शनिबारको तुलनामा आइतबार उनको स्वास्थ्य अवस्थामा निकै सुधार देखिएको उपचारमा संलग्न न्युरो सर्जन डाक्टर राजीव झाले जानकारी दिए । डा. झाका अनुसार जोशीले दाहिने हात र खुट्टा बढी चलाएका छन् ।

जोशीलाई आइतबार बिहानदेखि नै बेहोस पार्ने औषधि दिन छाडिएको छ तर पनि उनले आँखा भने खोलेका छैनन् । जोशीको टाउकोमा जमेको रगत र रक्तमिश्रित पानीसमेत लगभग सफा भएको पाइएको छ । उनको अवस्था अझै खतरामुक्त भने नरहेको डा. झाले जानकारी दिए ।

 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *