आज नेप्से ८० अङ्कले घटेर २५ सय विन्दुभन्दा तल

२०७७ फाल्गुन १६, आईतवार १६:३४ गते २०७७ फाल्गुन १६, आईतवार १६:३४ गते २०७७ फाल्गुन १६, आईतवार १६:३४ गते
Stock exchange concept, vector background

काठमाडौं, १६ फागुन : आइतबार शेयर बजार झण्डै ८० अङ्कले घटेर २५ सय विन्दुभन्दा तल झरेको छ । होटल तथा पर्यटन बाहेक अरू सबै समूहको शेयर घटेपछि नेप्से ७९ दशमलव ७४ अङ्कले घटेर २४ सय ७४ दशमलव दशमलव ३९ विन्दुमा झरेको छ ।आइतबार बैंकिङ समूहको शेयर साढे ५४ अङ्कले, व्यापारको ११ अङ्कले, विकास बैंकको साढे ७५, जलविद्युतको ६७, फाइनान्सको ३०, निर्जीवन बीमाको एक सय ७८, उत्पादनको एक सय ९८, अन्यको ८१, माइक्रो फाइनान्सको एक सय ४१, जीवन बीमाको ६ सय २४ र लगानी समूहको शेयर चार अङ्कले घटेको छ ।

आइतबार दुई सय सात कम्पनीका एक करोड ६० लाख १७ हजार कित्ता शेयर आठ अर्ब ३५ करोड ५२ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै शिखर इन्स्योरेन्सको एक अर्ब दुई करोड रुपैयाँको शेयर कारोबार भयो ।शिखर इन्स्योरेन्सले लाभांश घोषणा गरेपछि लगानीकर्ता शेयर किनबेचमा झुम्मिएका छन् । आइतबार गणपति वित्तीय संस्थाको सबैभन्दा धेरै सात प्रतिशत र अन्य चार वटा कम्पनीको शेयर ६ प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि चन्द्रागिरि हिल्स लिमिटेडको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *