‘जोमसोमै बजारमा’ गीतका सर्जक थकालीको निधन

२०७७ फाल्गुन १६, आईतवार १६:५७ गते २०७७ फाल्गुन १६, आईतवार १६:५७ गते २०७७ फाल्गुन १६, आईतवार १६:५७ गते

जोमसोम : हिमाली जिल्ला मुस्ताङको जोमसोम चिनाउने मुस्ताङी एक सर्जकको शनिबार अमेरिकामा निधन भएको छ। झन्डै साढे दुई दशकअघि सर्वाधिक लोकप्रिय ‘जोमसोमै बजारमा ,बाह्र बजे हावा सरर, ए हजुर घर हाम्रो पोखरा’ गीतका सर्जक तथा संगीतकार विश्व थकालीको अमेरिकामा हृदयघातका कारण निधन भएको उनका भान्जा अदित थकालीले जानकारी दिए।

लामो समयदेखि अमेरिका बसोबास गर्दैआइरहेका सर्जक थकालीको पुर्ख्यौली घर मुस्ताङको घरपझोङ ४ जोमसोम हो। साढे २ दशकअघि नेपथ्य ब्यान्ड स्थापना गर्न महत्वपूर्ण भूमिका निभाएका थकालीले ब्यान्ड स्थापनासँगै मुस्ताङको भौगोलिक अवस्थालाई चित्रण गर्दै ‘हावा सरर’ बोलको गीत रचना गरेका थिए।

मुस्ताङमा दिनहुँ १२ बजेको समयमा अत्यधिक हावाहुरी चल्ने भएकाले उनले त्यो गीत रचना गरेका थिए। सर्जक थकालीको ५२ वर्षको उमेरमा अमेरिकामा निधन भएको हो। उनका धर्मपत्नी सहित २ छोरा छन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *