दुई हप्ताभित्र काठमाडाैंबाट चोरिएका २७ मोटरसाइकल बरामद

२०७७ फाल्गुन २०, बिहीबार १८:४५ गते २०७७ फाल्गुन २०, बिहीबार १८:४५ गते २०७७ फाल्गुन २०, बिहीबार १८:४५ गते

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले पछिल्लो समयमा एकपछि अर्को सफलता हात पारेको छ। सादा पोसाकमा खटिने ट्राफिक प्रहरी टोलीलाई विशेष सक्रियताका साथ परिचालन गरेसँगै चोरी भएका २७ वटा मोटरसाइकल दुई हप्तामै खोजतलास गरि बरामद गर्न सफल भएको छ।

उपत्यका र आसपासका विभिन्न स्थानबाट चोरी भएका मोटरसाइकलहरू बरामद गरी महाशाखाले आज एक कार्यक्रमबीच सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएको हो। महाशाखाले सुराकी तथा विशेष सूचना संकलनमार्फत टोली परिचालन गरी ती मोटरसाइकल बरामद गरेको हो।

महाशाखाको पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले उपत्यकाको जोरपाटी, जगाती, काँडाघारी, माछापोखरी, गोकर्णेश्‍वर, बुढानिलकण्ठ, टोखा, नयाँ बसपार्कका साथै उपत्यकासँग सीमा जोडिएका नुवाकोट, धादिङ र मकवानपुरका विभिन्न स्थानबाट यी मोटरसाइकल बरामद गरेको एसएसपी भट्टराईले जानकारी दिए।

महाशाखाले ट्राफिक व्यवस्थापनसँगै मोटरसाइकल चोरी नियन्त्रण तर्फ पनि सक्रिय भई टोली परिचालन गरिरहेको छ। चोरीमा संलग्न मानिस र मोटरसाईकल नियन्त्रणको संख्यामा उल्लेख्य वृद्धि भएसँगै चोरी नियन्त्रणमा कमी ल्याउन महाशाखा सफल भएको छ।

आज मात्रै करिब ८० लाख बढी मूल्य बराबरको विभिन्न कम्पनीका मोटरसाइकल सम्बन्धित धनीलाई बुझाएको छ भने यस वर्षमा करिब १६ करोड बढी मूल्य पर्ने मोटरसाइकलहरु नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ।

लामो समयसम्म पार्किङ्ग, एकान्त र अँध्यारो स्थानमा पार्किङ गर्दा र अतिरिक्त लक तथा साइरनको प्रयोग नगर्दा चोरी हुने सम्भावना अत्याधिक हुने हुनाले सम्बन्धित मोटरसाइकल धनी तथा चालक स्वयं होसियार रहनुपर्ने महाशाखाको कथन छ।

सम्बन्धित सवारी धनी एवम् चालक नै चोरी नियन्त्रणको एक प्रमुख कारक भएको हुनाले पार्किङ गर्दा विशेष ध्यान दिनुपर्ने र अतिरिक्त सुरक्षाका उपाय प्रयोग गर्नुपर्ने महाशाखाको सुझाव छ।

यस आर्थिक वर्षमा मात्रै हराएका २७९ वटा मोटरसाइकल सवारी धनीलाई जिम्मा लगाउनुको साथै चोरीमा संलग्न ४१ जना व्यक्तिहरूलाई पक्राउ गरी विभिन्न प्रहरी वृत्तहरूमार्फत मुद्दा चलाएको महशाखाले जनाएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *